भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित

 मंसिर ५, २०८१ बुधबार १२:३७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय अन्तर्राष्ट्रिय उडान हुन थालेपछि त्यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले धमाधम उडान सञ्चालन गर्न थालेपछि यस क्षेत्रमा विदेशी पर्यटक बढ्ने र यसले क्षेत्रीय पर्यटन प्रवर्द्धन हुने व्यवसायीको विश्वास छ ।

भैरहवामा उडान सञ्चालन हुँदा यसले तराई क्षेत्रमा पर्यटकीय सम्भावना उजागर गर्ने उनीहरूको भनाइ छ । तत्कालीन पर्यटनमन्त्री शरदसिंह भण्डारीले तराई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तराई क्षेत्रका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जिल्लालाई समेटेर विभिन्न पर्यटन समिति गठन गर्नुभएको थियो ।

यो समिति थप सक्रिय हुने अनुमान छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन भएसँगै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले मध्यपूर्वी देशबाट भैरहवामा सिधा हवाई उडान सञ्चालन भइरहेकाले विस्तारै केन्द्रिकृत पर्यटनलाई विकेन्द्रिकृत गर्न सहयोग गर्ने बताउनुभयो ।

नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का साथै थाई एअर एशिया, कतार एअरवेज, जजिरा र फ्लाई दुबईले पनि भैरहवामा उडान सञ्चालन शुरू गरिसकेका छन् । यसबाट लामो समयदेखि अलमललाई चिर्दै भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया