नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

 मंसिर २०, २०८१ बिहीबार १५:१२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रिमियर लिग(एनपीएल) मा बेटिङ अर्थात् सट्टेबाजी गराएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरबाट सट्टेबाजी गराउने थप तीन जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिनुभएको छ ।

पक्राउ परेकाहरुले दुईवटा एपको प्रयोग गरेर सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्पोर्टस् बाजी र प्रोबो एपमार्फत उनीहरूले सट्टेबाजी गराउने गरेको प्रहरीले जनाएको छ ।

यसअघि पनि गएको मङ्गलवार प्रहरीले चार जना भारतीय नागरिकलाई पक्राउ गरको थियो । एनपीएलमा सट्टेबाजी र खेल मिलेमतो हुने खतरालाई मध्यनजर राखेर सीआईबीले विशेष टोली खटाएको छ । एनपीएलमा गलत क्रियाकलाप हुन नदिन सुक्ष्म निगरानी भइरहेको सीआईबीले जनाएको छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया