मधेसमा यस वर्ष धान उत्पादन बढ्ने अनुमान

 मंसिर २२, २०८१ शनिबार ९:१६:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

धनुषा – मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस वर्ष प्रदेशमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ । गएको आर्थिक वर्षमा १२ लाख ९६ हजार ६ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष उत्पादन बढ्ने मन्त्रालयको अनुमान छ ।

समयमै पानी परेको, मल तथा बीउ सजिलो गरी उपलब्ध भएको तथा मौसमले साथ दिएकाले धान उत्पादन राम्रो भएको मन्त्रालयका कृषि प्रसार अधिकृत तथा प्रवक्ता रोशनकुमार मेहताले बताउनुभयो ।

धानafली लगाइएको क्षेत्रफल तथा उत्पादन हुने अनुमानका आधारमा गएको वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर श"न्य दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन हुने मन्त्रालयको अनुमान छ । गएकाे वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिक टन धान उत्पादन भएको थियो ।

सप्तरीमा ६५ हजार दुई सय ८० हेक्टर जमिनमा दुई लाख ६१ हजार एक सय २० मेट्रिक टन र रौतहटमा ३७ हजार ६ सय २० हेक्टरमा एक लाख ५० हजार चार सय ८० मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयको अनुमान छ ।

पर्सामा ४६ हजार हेक्टरमा एक लाख ८४ हजार सात सय ४९ मेट्रिक टन, सर्लाहीमा ४५ हजार हेक्टरमा एक लाख ८२ हजार एक सय ६० मेट्रिक टन, धनुषामा ४१ हजार पाँच सय ६५ हेक्टरमा एक लाख ६६ हजार दुई सय ६० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

महोतरीमा ४१ हजार नौ सय ८२ हेक्टरमा एक लाख ६७ हजार सात सय ७० मेट्रिक टन, सिरहामा ५२ हजार तीन सय ८० हेक्टरमा दुई लाख नौ हजार पाँच सय २० मेट्रिक टन, बारामा ४५ हजार ९९ दशमलव पाँच हेक्टरमा एक लाख ८० हजार तीन सय ९८ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको अनुमान गरिएको छ ।

जनकपुरमा रहेकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले किसानसँग धान खरिद प्रक्रिया भइसकेको जनाएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया