दमकल खरिदका लागि भिक्षा संकलन

 मंसिर १४, २०७५ शुक्रबार २०:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – शिवसताक्षी नगरमा गएको आइतबार लक्ष्मण खनालको घरमा भएको आगलागीमा समयमै दमकल नपुग्दा ठूलो क्षति भएको जनाउँदै नगरमा भिक्षा संकलन थालिएको छ ।

शिवसताक्षी नगरपालिकामा दमकल नभएका कारण त्यस दिन  दमक नगपालिकाको दमकल बोलाइएको थियो । तर दमकल एक घण्टापछि मात्र घटनास्थल पुगेकको थियो जतिबेला परिवारका ४ जनको ज्यान गैसकेको थियो साथै पुरै घर जलेर नष्ट भइसकेको थियो ।

शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शर्माले सञ्चार माध्यममा अहिले नगरपालिकासँग बारुणयन्त्र खरिद गर्ने क्षमता नभएको प्रतिकृया दिएका थिए । त्यसपछि नगर प्रमुख शेर्माको चौतर्फी आलोचना भइरहेको छ ।

नगरपालिकालाई दमकल सहयोगार्थ नेपाल तरुण दलले शुक्रबार व्यंग्य स्वरुप भिक्षा संकलन गरेको हो । नगरको धरमपुर, झिलझिले, दुधे, नहरचोक र बाङ्य डाँडामा पानीको खाली बोत्तल, आगलागी हुँदै गरेको घर, दमकलको तस्बिर प्लेकार्डमा राखेर भिक्षा संकलन गरेका छन् ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया