परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
काठमाडाैं – ‘नेपालका लागि नेपाली’ अभियानले भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यलगायतका १५१ बुँदे मागहरु अघि सार्दै एक हप्ताभित्र वाइडबडी जहाज खरिद काण्डबारे प्रभावकारी छानबिन आयोग नबनाए नागरिक आयोग गठन गर्ने चेतावनी दिएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अभियानले सरकारलाई यस्तो चेतावनी दिएको हो ।
अभियानका अभियन्ता डा.सुरेन्द्र भण्डारीले वाइडबडी खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको खबरहरु आइरहेको बताउँदै यसकाबारेमा एक हप्ताभित्र प्रभावकारी छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले भ्न्नुभयो,‘वर्तमान सरकार जनताप्रति उत्तरदायी बन्न सकेन, असुरक्षा, हिँसा, बलात्कार, अपहरण, भ्रष्टाचारले सीमा नाघेको स्थिति छ, यो बेलामा पनि हामी जनताहरुले स्वस्फुर्त रुपमा अन्यायको विरोध गर्न सकेनौं भने देशको भविष्य ठीक हुँदैन, समाज दुर्गतिको बाटोमा जान्छ।’
यस्तै कार्यक्रममा अभियानका अर्का अभियन्ता तथा अधिवक्ता बालकृष्ण नेउपानेले नेता र उनीहरुको आफन्तहरुको नाममा अकुत सम्पत्ति रहेको भन्दै तत्काल छानबिन गर्नुपर्ने माग गर्नुभयो ।
देशका ठूला नेताहरुलगायत १५ सय जोडी इसाईको आर्शिवाद लिन लाइनमा बसेको देखिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘धर्मपरिर्वतनमा स्वयम् हाम्रो सरकार लागेको छ, सत्ता, शक्ति र सम्पतिको चरम रुपमा दुरुपयोग भएको छ ।’
नेउपानेले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लगाउन नसकेको भनेर वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभयाे।
‘२०५० साल जेठ ३ गते दासढुङगा दुर्घटनामा परि निधन भएका मदन भण्डारीलाई तत्कालिन माले एमालेले रहस्यमय हत्या भनेर रेलिङ भाँचे, सडक तताए, त्यतिबेला वर्तमान प्रधानमन्त्री ओली केन्द्रीय सदस्य हुनुहुन्थ्यो, कांग्रेसको सरकार थियो, मदन भण्डारीको सुनियोजित रुपमा हत्या गरिएको भनेर ओलीजीले नै भन्नुभएको थियो, उहाँले भन्नुभयाे, ‘यतिसम्म की उहाँहरुले हामीले हत्यारा पत्ता लगाईसकेका छौं, कांग्रेस हत्यारा सार्वजनिक गर्न चाहन्न, हामीलाई सत्तामा पुर्याउनुहोस् भन्दै राजनीति गर्नुभयो, तर आज उनै भण्डारीकी पत्नी राष्ट्रपति हुनुहुन्छ, ओली प्रधानमन्त्री छन्, यो बेला किन भण्डारीको हत्यारा सार्वजनिक गरिँदैन ? तत्काल भण्डारीको हत्यारा पत्ता लगाउनुपर्छ नत्र अर्को अर्थ लाग्छ ।’
अभियानले प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ,‘बलात्कारी, भ्रष्टचारी र राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्नेहरुलाई सरकारले कानुनको दायरामा ल्याई कारबाही गर्नसमेत चासो देखाएको छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।