रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो

 पुष ५, २०८१ शुक्रबार ९:२४:२४ | रासस
unn.prixa.net

रसुवा – केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमासुरक्षाकर्मीले जनाएका छन् ।

स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर तथा चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, खेलौना गरी विविध प्रकारका मालसामान आयात हुने गरेको र त्यस्ता वस्तु बोकी आएका दुई सयभन्दा बढी कन्टेनर भन्सार प्रकृयामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गाडीका हकमा रसुवागढी नाकाबाट सबैभन्दा बढी विद्युतीय अर्थात ईभी आयात हुने गरेको छ ।

चालु आर्थिक वर्षको गएको साउनदेखि मङ्सिर मसान्तसम्म सानाठूला गरी तीन हजार गाडी रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । सडकमार्ग मर्मत हुन नसक्दा मालवाहक गाडी सञ्चालनमा निकै असहज हुने गरेको चालकहरुले बताएका छन् । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया