कैलालीको जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान

 पुष ९, २०८१ मंगलबार १२:३२:५४ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कैलाली – कैलालीको जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न भन्दै नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन थालेको छ । गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएर विद्यार्थीले हासिल गरेको नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन शुरू गरेको हो ।

नतिजाकै आधारमा गाउँपालिकाले चालू आर्थिक वर्षमा आधारभूत तहमा कक्षा ८ को परीक्षा र एसईईको नतिजामा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई अनुदान दिएको छ ।

जसअनुसार माध्यमिक तहतर्फ भृकुटी मावि प्रथम भएर चार लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ । त्यसैगरी दोस्रो जनता नमूना मावि मुनुवाले दुई लाख ५० हजार र तेस्रो अरुणोदय मावि खैरीफाँटाले एक लाख ५० हजार  रुपैयाँ अनुदान प्राप्त गरेको छ ।

आधारभूत तहतर्फ प्रथम भएको राष्ट्रिय आधारभूत विद्यालय खैरीपुरले तीन लाख रुपैयाँ र दोस्रो हुने हिमालय राष्ट्रिय मावि अमरावतीले दुई लाख रुपैयाँ प्राप्त गरेको छ । यसले विद्यालयलाई प्रतिस्पर्धामा ल्याउने विश्वास गाउँपालिकाको छ ।

गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विद्यालयको गुणस्तर सुधार गर्न र विद्यार्थीको सिकाइ उपलब्धि बढाउनका साथै विद्यालयलाई प्रतिस्पर्धी बनाउन गाउँपालिकाले विद्यालयलाई नतिजामा आधारित अनुदान कार्यक्रम शुरू गरेको बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया