परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
कपिलवस्तु – पशुपति प्रताप पु्स्तकालयको भवन निर्माण सहयोगका लागि स्थानीय समाजसेवी हरिराज शर्माले ५१ हजार १ सय १५ रुपैया सहयोग गर्नु भएको छ । आइतबार पुस्तकालय परिसरमा आयोजित एक कार्यक्रममा समाजसेवी हरिराज शर्माले पुस्तकालयका अध्यक्ष राजेश कुमार पाण्डेयलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
समुदाय स्तरबाट स्थापित नेपालकै जेठो पुस्तकालयको रुपमा परिचित यो पुस्तकालय राणाकालीन अवस्थामा विक्रम सम्वत् १९९३ सालमा स्थापना भएको हो ।
आफ्ना हजुरबुवा स्वर्गीय पण्डित रश्मीराज शर्मा पुस्तकालयको संस्थापक रहनु भएको र पिता स्वर्गीय देवराज शर्मा पुस्तकालयको प्रवद्र्धकको रुपमा रहनु भएको स्मरण गर्दै आफूले पनि पुस्तकालय भवन निर्माणका लागि सहयोग गरेको बताउनुभयो । समुदायका सचेत अगुवाहरुले स्वतस्फूर्त रुपमा लुकीछिपी स्थापित यस पुस्तकालयमा प्रजातन्त्र स्थापनाका लागि अभियान संचालन हुने गरेको थियो ।
पुस्तकालय भवन निर्माणका लागि अहिलेसम्म ३० लाख ९१ हजार ६ सय २ रुपैया सहयोग प्राप्त भैसकेको अध्यक्ष पाण्डेयले बताउनु भयो । पुस्तकालय परिसरमा रहेका सटर कोठाका व्यवसायीहरुसंग भवन निर्मााणका लागि २१ लाख रुपैया त्रृmण सहयोग लिएका छौं, अध्यक्ष पाण्डेयले भन्नु भयो, “२ तले पुस्तकालय भवन निर्माण कार्यमा अहिलेसम्म ७० लाख १४ हजार २ सय २९ रुपैया खर्च भएको छ ।”
रकम हस्तान्तरण कार्यक्रममा पुस्तकालय समितिका पूर्व अध्यक्ष अमृतचन्द्र ठाकुर, जय प्रकाश पाण्डेय साहित्यकारहरु पशुपतिमणि त्रिपाठी, श्यामप्रकाश लाल श्रीवास्तव, लक्ष्मण पंथी, अधिवक्ता भोला विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।