परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
रसुवा – रसुवाको कालिका गाउँपालिका–५, जीवजीवेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा विकास गरिने भएको छ ।
प्रदेश नम्बर ३ का १६ स्वास्थ्य संस्थालाई १५ शैयाको अस्पतालको रूपमा विकास गरिने योजना अनुरूप केन्द्रलाई अस्पताल बनाइन लागिएको हो । यसअघि जिल्लामा रहेको कालिका सामुदायिक अस्पताल व्यवस्थापनको अभावमा बन्द भइसकेको छ ।
जिल्लामा अहिले एउटा अस्पताल, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, १७ वटा स्वास्थ्य चौकी र ७ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । जीवजीवे प्राथमिक स्वास्थ्य केन्द्रलाई कालिकास्थानमा सार्न लागेको भन्दै केही समय अघि स्थानीयले बिरोध गरेका थिए ।
केन्द्रलाई अस्पतालको रूपमा विस्तार गरिने निर्णयले स्थानीयमा खुशी छाएको छ । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले १३ वटा प्राथमिक स्वास्थ्य केन्द्र र तीनवटा स्वास्थ्य चौकीलाई अस्पतालको रूपमा विस्तार गर्न लागेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।