पाहुनामा गलत सन्देश नजाओस् भनेर निर्मलाको तस्बीर हटाइएको हो : प्रहरी प्रवक्ता

 मंसिर १६, २०७५ आइतबार १४:५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाल प्रहरीले विभिन्न देशबाट आएका पाहुनामा गलत सन्देश नजाओस् भनेर सडकमा टाँसिएका निर्मला पन्तको तस्बीर अंकित पोस्टरहरु हटाएको बताएको छ । 

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले उज्यालोसँग कुरा गर्दै ‘भीभीआइपी मुभमेन्ट’ हुने ठाउँका मात्रै पोस्टर निकालेको र अन्य ठाउँमा भने प्रहरीले कुनै पनि हस्तक्षेप नगरेको दाबी गर्नुभएको हो । 

अहिले विभिन्न देशका पाहुना काठमाडौंमा रहेका र यस्तो बेला विरोध गर्ने, जथाभावी पर्चा पम्लेट टाँस्ने गर्दा नेपालको छवि धुमिल हुने भएकाले केही ठाउँमा हस्तक्षेप गर्नु परेको उहाँको भनाई छ ।   

विरोध गर्न पाउने सबैको संवैधानिक हक भए पनि सडक नै जाम गरेर प्रदर्शन गर्ने र पर्चा पम्लेट टाँस्दा विदेशी पाहुनाको अगाडि अशोभनीय देखिने भएकाले मात्रै प्रहरीले अवरोध गरेको प्रवक्ता सुवेदीले बताउनुभयो । 

आफूहरुले पोस्टर टाँस्नेलाई पक्राउ गरेको नभई विरोधको नाममा सडक अवरुद्ध गर्नेहरुलाई पक्राउ गरिएको पनि उहाँले बताउनुभयो । नेपाल प्रहरी अपराध नियन्त्रणमा अब्बल रहेको भन्दै सुवेदीले केही घटनामा मात्रै कमजोरी देखिएको दाबी गर्नुभयो ।

बलात्कारका घटनामा झण्डै ९७ प्रतिशत सफलता नेपाल प्रहरीले हात पारेको भन्दै उहाँले एक दुई वटा घटनालाई लिएर नेपाल प्रहरी असफल रहेको भन्न नमिल्ने पनि बताउनुभयो । 

निर्मला हत्याकाण्डको सिआइवी र दक्ष प्रहरी अधिकारीबाट गम्भीर रुपमा अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।  
 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया