परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग कम्बोडिया र पलाउका पूर्वराष्ट्रपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्रीले भेट गर्नुभएको छ ।
एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन काठमाडौं आउनुभएका पूर्व सरकार प्रमुखसँग आइतबार भएको भेटमा नेपालको शान्ति प्रक्रिया र सरकारले अघि सारेका समृद्धिका योजनाहरुबारे छलफल भएको छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँग भएको भेटमा सार्कलाई प्रभावकारी बनाउनेबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल सार्कको नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताउनुभयो । ‘नेपाल चाँडो सम्मेलन गरेर नेतृत्व हस्तान्तरण गर्न चाहन्छ’, प्रधानमन्त्रीले सार्कप्रति आफ्नो प्रतिबद्धता दोहो¥याउँदै भन्नुभयो, ‘सार्कलाई प्रभावकारी बनाउन हाम्रो प्रयत्न सदैव रहन्छ ।’
गिलानीसँग दक्षिण एसियाका देशको पारस्परिक व्यापार र लगानीको आदानप्रदान बढाएर जानेबारे पनि छलफल भएको छ । गिलानीले नेपालले लिइरहेको प्रगति र स्थायित्वको बाटोबारे जानकारी भएको भन्दै प्रशंसा गर्नुभयो ।
कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्राना अरंगोले पनि प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको छ । भेटमा पूर्वराष्ट्रपति अरंगोले नेपालको शान्ति प्रक्रियाको सफल प्रयासबाट आफ्नो देश पनि प्रभावित भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका मूलभूत कामहरु सकिएको उल्लेख गर्दै बाँकी कामहरु पनि छिट्टै पूरा गर्ने जानकारी दिनुभयो । प्रधानमन्त्रीले कोलम्बियासँग कुटनीतिक सम्बन्ध लामो भएको स्मरण गर्दै व्यापार–वाणिज्य क्षेत्रबाट सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी प्रधानमन्त्री ओलीसँग पलाउका पूर्वराष्ट्रपति जोनसन टोरीवियङले पनि भेट गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।