निर्मलाको पक्षमा न्याय माग्दै कञ्चनपुरमा विप्लवको जनप्रदर्शन

 मंसिर १६, २०७५ आइतबार १५:५३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – चार महिना बितिसक्दा पनि सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै विप्लव नेतृत्वाको नेपाल कम्युनिष्ट पार्टीले आइतबार कञ्चनपुरमा जनप्रदर्शन गरेको छ ।

निर्मलाको न्यायका लागि दवाव दिन भन्दै विप्लव समूहले घोषण गरेको देशव्यापी कार्यक्रम अनुसार कञ्चनपुरमा पनि आइतबार जनप्रदर्शन गरेको हो । सरकारले अपराधिलाई संरक्षण गरेकाले हत्यारा पत्ता लगाउन दवाव दिन आफूहरुले देशैभर जनप्रदर्शन गरेको नेकपा (विप्लव) का महाकाली अञ्चल इन्चार्ज वीरेन्द्र शाहले बताउनुभयो ।

बहुमतको आडमा सरकारले न्यायलाई समेत दबाउन खोजेको बताउँदै उहाँले निर्मलाको न्यायका लागि सबै पक्षसँग छलफल गरेर सरकारलाई दवाव दिइने बताउनुभयो । विप्लवले आह्वान गरेको जनप्रदर्शनमा विद्यालय तथा क्याम्पसका विद्यार्थी, अधिकारकर्मीलगायत हजारौंको संख्यामा प्रदर्शनकारीको उपस्थिति रहेको थियो ।

प्रदर्शनकारीले निर्मलालाई न्यायको माग गर्दै नाराबाजी गरेका थिए । महेन्द्रनगरको स्थानीय स्थानीय दशरथ चोकबाट निस्किएको ¥याली बजारको परिक्रमा गर्दै संविधान चोकमा गएर जनसभामा परिणत भएको थियो । 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया