परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
काठमाडौं – नेपाली कांग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघले पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ ।
नेपाली कांग्रेसमा आवद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघका नेता, कार्यकर्ताले आइतबार बिहान पार्टी विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदाप्रति आपत्ति जनाउँदै पार्टीको सबै तहमा आफूहरुको प्रतिनिधित्व सुुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका हुन् ।
त्यस क्रममा उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको प्रतिनिधित्व पार्टीका सबै निकायमा हुने व्यवस्था विधानमै गर्न माग गरेका थिए । संघले पार्टी केन्द्रीय कार्यालयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापालगायतका नेताहरुलाई पनि पार्टीको सबै निकायमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका थिए ।
संवैधानिक व्यवस्था अनुसार पनि पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिनु परेको संघका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय कार्यालयमा जारी कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा विधान मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल भईरहेको छ । संघले सोही बैठक चलिरहेका बेला आफूहरुको माग सम्बोधन गराउन पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको हो ।
माग पूरा नभए आमरण अनसन बस्न बाध्य हुने पनि संघले चेतावनी दिएको छ । संवैधानिक व्यवस्था अनुसार पार्टीको सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित नगरे आमरण अनसन बस्न बाध्य हुने संघका अध्यक्ष श्रेष्ठले चेतावनी दिनुभयो ।
यसैबीच, नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको सबै तहमा राष्ट्रिय लोकतान्त्रिक अपांग संघको माग अनुसार प्रतिनिधित्व सुनिश्चित गर्न सभापति शेरबहादुर देउवासँग माग गर्नु भएको छ । उहाँले लोकतान्त्रिक पार्टी हुनुको नाताले पनि नेपाली कांग्रेसले विधान संशोधन गरिरहँदा पार्टीमा आवद्ध संघको सो मागलाई सम्बोधन गरेर जानुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।
नेता थापाले संविधान, कानुन अनुसार पनि अपांगलगायतका समुदायलाई पार्टीमा समेटेर लैजानुपर्ने भएकाले संंघको माग सम्बोधन गर्न आफूले पार्टी भित्र सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
संघले पार्टीको प्रस्तावित ८ वटै तहमा आफूहरुको कम्तीमा पनि २ प्रतिशत प्रतिनिधित्व हुुनुपर्ने माग राखेर धर्ना सहितको दवाव आन्दोलन सुरु गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।