परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
काठमाडौं – खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने दावी गर्नु भएको छ ।
सचिव ठाकुरले मेलम्चीको खानेपानी ल्याउने काममा कर्मचारीहरुलाई उत्साही बनाउने वातावरण बनाइदिन पनि संघीय संसदका सांसदहरुलाई आग्रह गर्नुभयो । आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले ६० दिनभित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिनभित्र काठमाडौंको घरघरमा पानी पुर्याउने दावी गर्नुभयो ।
सचिव ठाकुरले दसैंमा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता पूरा गर्न नसकेकोमा माफी समेत माग्नु भएको थियो । उहाँले सुरुमा मेलम्चीको पानी पुरानै संरचनाबाट वितरण गर्ने पनि स्पष्ट पार्नुभयो । महांकाल, नयाँ बानेश्वर, अनामनगर, बालाजु, पानी पोखरी र बाँसबारीमा रहेको पुरानै पानी टयांकीबाट पानी वितरणको काम सुरु गर्ने सरकारको योजना छ ।
सचिव ठाकुरले नयाँ संरचना तयार पार्ने क्रममा पाइपलाइन विस्तारको काम सक्न लागिसकेको उल्लेख गर्दै त्यसमा भने पानी परीक्षण गरेर मात्रै वितरण गर्ने योजना रहेको स्पष्ट पार्नुभयो । मेलम्चीको पानी वितरणका लागि झण्डै एक हजार किलोमिटर पाइपलाइन विस्तारको काम सम्पन्न हुने चरणमा रहेको छ । सचिव ठाकुरले सुरुका चार महिना भने पुरानै संरचनाबाट पानी घरघरमा पुर्याउने र परीक्षण गर्दै नयाँ पाइपलाइनमा पनि पानी हाल्दै लैजाने योजना पनि समितिलाई जानकारी दिनुभयो ।
काठमाडौंमा पानी आएको ६ महिनाभित्र नयाँ संरचनाबाट घरघरमा मेलम्चीको पानीको व्यवस्था गर्ने सरकारको योजना छ । सचिव ठाकुरले मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु भएपछि मात्रै त्यहाँका स्थानीय नागरिकले क्षतिपूर्तिवापत मागेको रकम उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्नुभयो ।
उहाँले विगतमा भएका कमीकमजोरीका कारण सो खानेपानी काठमाडौं ल्याउने काममा ढिलाई हुन गएको दावी समेत गर्नुभयो ।
सचिवले ६० दिनमा मेलम्चीकाे पानी काठमाडाैं ल्याउने ठाेकुवा गरे पनि चैत्र मसान्त नसकिँदै पानी अाउन कठिन नै देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।