इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले डिसेम्बर १ मा मुम्बईमा बलिउड कलाकारहरुको लागि विवाहको भव्य रिसेप्सनको आयोजना गरेका थिए ।
नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा विवाह गरेर भारत फर्किएका नव दम्पतीले आयोजना गरेको तेस्रो रिसेप्सनमा बलिउडमा कलाकारहरुको उपस्थितिले त्यहाँको माहोल निकै नै शानदार बनेको थियो ।
यसअघि दीपिका हुर्किएको ठाउँ बेंग्लोरमा पहिलो रिसेप्सन राखिएको थियो जहाँ दीपिकाका आफन्तजन र साथीभाइहरु उपस्थित भएका थिए ।
यस्तै मुम्बईमा राखिएको रिसेप्सनमा रणवीर सिंहका आफन्तजन र साथीभाइबिच निकै नै सिमीत पाहुना डाकिएको थियो ।
डिसेम्बर १ मा मुम्बईको ग्र्याण्ड हायात होटलमा आयोजना गरिएको रिसेप्सनमा भने बलिउड फिल्म उद्योगका महानायक अमिताभ बच्चन, शाहरुख खान लगायत कैयौं ठूला स्टारहरु उपस्थित भएका थिए ।
साथै खेल जगतको तर्फबाट क्रिकेटर कपिल देव, सचिन तेण्दुलकर, महेन्द्र सिंह धोनीलगायत बलिउडका अधिकाँश कलाकारहरु उपस्थित भएर दीपवीरलाई विवाहको शुभकामना दिएका थिए ।
बलिउड फिल्म जगतका महानायक अभिताभ बच्चन पत्नी जया बच्चन, छोरी स्वेता नन्दा र बुहारी ऐश्वर्या रायका साथ उपस्थित भएका थिए ।
अभिताभ बच्चनले नव दम्पतीलाई शुभकामना मात्रै नभई बलिउड गीतमा नाचेर खुशियाली मनाएका थिए । अहिले सामाजिक सञ्जालमा अमिताभ र दुलहा रणवीर सिंह नाचेका भिडियोहरु छाइरहेका छन् ।
दीपिका पादुकोणका पहिलो चलचित्रका नायक तथा बलिउडका किङ्ग खान शाहरुख खान एक्लै उपस्थित भएका थिए । शाहरुख पत्नी गौरी भने उपस्थित भएकी थिइनन् ।
भारतका दिग्गज एवम भारतिय क्रिकेटका पूर्व कप्तान कपिलदेव पत्नीका साथ, क्रिकेटर सचिन तेण्दुलकर पत्नी अञ्जली र छोरा अर्जुनका साथ, र क्रिकेटर महेन्द्र सिंह धोनी श्रीमती साक्षीका साथ दीपवीरको रिसेप्सनमा सहभागी भएका थिए ।
अभिनेता टाइगर श्राफ उनकी प्रेमिका अभिनेत्री दिशा पाटनीका साथ उपस्थित भएर सबैको ध्यान आकर्षित गरेका थिए ।
अभिनेत्रीहरु कट्रिना केफ, ज्याकलिन फर्नाडीज, अनुष्का शर्मा, सोनाक्षी सिन्हा, यमी गौतम, रानी मुखर्जी लगायत दीपवीरको रिसेप्समा उपस्थित भएकf थिए ।
अभिनेत्री रेखा निलो रंगको सिल्क सारीमा सजिएर उपस्थित भएकी थिइन ।
अभिनेता संजय दत्त श्रीमती मान्यता दत्तका साथ कालो रंगको शुटमा निकै नै बोल्ड अवतारमा सहभागी भएका थिए ।
अभिनेत्री रविना टंडन, राधिका आप्टे, लारा दत्ता श्रीमानका साथ सहभागी भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।