परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्री विना मगर उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
विकास तथा प्रविधि समितिको सदस्य समेत रहनु भएका वरिष्ठ नेता खनालले समितिको आइतबारको बैठकमा मन्त्री मगर उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको हो । उहाँले समितिको बैठकमा बोल्दै संसद र संसदीय समितिलाई हल्का रुपमा नलिन पनि मन्त्री मगरलाई सचेत गराउनुभयो । मेलम्ची खानेपानीलगायतका सरकारका योजनाबारे जानकारी लिन विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री मगरलाई बोलाइएको थियो ।
तर उहाँको उपस्थिति नभएपछि समितिका सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका हुन । कार्यपालिका र व्यवस्थापिकाको सम्बन्धलाई सुमधुर बनाउन पनि संसदीय समितिको बैठकमा मन्त्रीहरु अनिवार्य उपस्थित हुन उपयुक्त हुने वरिष्ठ नेता खनालको तर्क छ ।
वरिष्ठ नेता खनालले सरकारले खानेपानी व्यवस्थापनका लागि आवश्यक भिजन ल्याउन नसकेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले पनि बैठकमा खानेपानी मन्त्री मगर उपस्थित नभएकोमा आपत्ति जनाउनुभयो ।
उहाँले मन्त्री उपस्थित नभए यस्ता बैठकहरु स्थगित गर्न पनि सभापति कल्याणी खड्काको गम्भिर ध्यानाकर्षण गराउनुभयो । मन्त्री मगरले दसैंअघि नै मेलम्चीको पानी काठमाडौंमा आउँछ भनेर झुटा आश्वासन दिएकोमा कांग्रेस सांसद विष्टको आपत्ति छ ।
सांसदहरुले मेलम्चीको पानी कहिले आउँछ ? मिति किटान गर्न पनि सरकारलाई सचेत गराएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।