बजारमा कर्जा प्रवाह सुस्त, १८ दिनमा राष्ट्र बैंकले तान्यो साढे तीन खर्ब रुपैयाँ निक्षेप

 पुष २१, २०८१ आइतबार १३:२५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज आइतवार दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिनेगरी सूचना निकालेको थियो ।

यस निक्षेप संकलनको उपकरणको नाम राष्ट्र बैंकले ‘निक्षेप संकलन’ राखेको छ । आह्वान रकम ५० अर्ब रुपैयाँ रहेको छ भने निक्षेपको अवधि २१ दिनको हुनेछ । साँवा र ब्याज भुक्तानी आउँदो माघ १३ गते हुनेछ ।

यसअघि राष्ट्र बैंकले यही पुसको १७ गते ४० अर्ब, १४ गते ७० अर्ब, ९ गते ४० अर्ब, ७ गते ६० अर्ब र ३ गते एक खर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । यसरी पछिल्लो १८ दिनमै राष्ट्र बैंकले तीन खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएपछि राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरेर पैसा तानिरहेको छ । बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने पैसा थुप्रिएको छ । तर कर्जा माग्ने व्यक्ति र व्यावसायिक संस्था भने भेटिन छाडेका छन् ।

डेढ वर्षअघिसम्म बैंक तथा वित्तीय संस्थासँग कर्जा लगानी गर्ने पैसा थिएन अर्थात् तरलता अभाव थियो । अहिले भने पैसा थुप्रिएको छ अर्थात् अधिक तरलता छ । अधिक तरलताले देशमा आर्थिक गतिविधि सुस्त रहेको र विकास निर्माण तथा उद्यमको विस्तार नभएको जनाउँछ । अर्थतन्त्र सुस्त हुँदा नयाँ उद्योग कलकारखाना खासै खुलेका छैनन्, खुलेकाले पनि क्षमता बढाउने आँट गरेका छैनन् ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया