अमेरिकामा हिमपात र हिमआँधीका कारण पाँच जनाको ज्यान गयो
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीले पार्टीलाई कमजोर बनाउने भएकाले गुटबन्दी गर्नेहरूलाई पार्टीमा ठाउँ नभएको बताउनुभएको छ ।
ललितपुरको च्यासलमा आजदेखि शुरू भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अराजकता र गुटबन्दीलाई पार्टीले प्रश्रय नदिने स्पष्ट पार्नुभएको हो । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका नाममा पार्टीलाई कमजोर बनाउनेहरूविरुद्ध निर्मम हुनैपर्ने उहाँकाे भनाइ छ ।
भीम रावल, विन्दा पाण्डे, उषाकिरण तिम्सेना लगायत पछिल्लो समय नेताहरूमाथि भएको कारबाहीलाई सङ्केत गर्दै ओलीले लोकतन्त्रका नाममा गुटबन्दी गरेर भाँडभैलो मच्चाउने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने टिप्पणी गर्नुभयो । सार्वजनिक खपत र मिडियामा चर्चा पाउनकै लागि पार्टीका आन्तरिक विषय छताछुल्ल पार्नु उचित नहुने उहाँकाे धारणा छ ।
पार्टीविरुद्ध भइरहेको दुष्प्रचार रोक्न सबै नेता/कार्यकर्ता लाग्न तथा प्रमाण र तथ्यसहित विरोधीलाई जवाफ दिन पनि ओलीले निर्देशन दिनुभएको छ । विरोध बढ्यो भनेर चुप लाग्नु समाधानको उपाय नभएको उल्लेख गर्दै उहाँले तथ्यका आधारमा सबै मिलेर जवाफ दिएपछि विरोधी कमजोर बन्ने बताउनुभयो ।
ओलीले केन्द्रीय समितिको बैठकमा ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पनि पेश गर्नुभएको छ । प्रतिवेदनमा ३२ सिटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेससँग सहकार्य गर्नुपरेको ओलीले उल्लेख गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।