देश बदल्न कुराभन्दा काम जरुरी छ : मन्त्री बाँस्कोटा

 मंसिर १६, २०७५ आइतबार १९:४८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काभ्रे – सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले देश बदल्न कुराभन्दा पनि कामको आवश्यक पर्ने बताउनुभयो ।

काभ्रेकोे नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दे मन्त्री बाँस्कोटाले सरकारले धेरै काम गरेको भन्दै सरकारको आलोचना नगर्न अनुरोध गर्नुभयो । ‘सरकारले केही गरेन भन्ने बित्तिकै कहाँ काम हुन्छ त ! पाँच वर्ष भित्रमा सरकारले भनेका कामहरु पूरा गर्नेछ’, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको र ९२ प्रतिशत हिंसाहरु आफन्तबाट भएको तथ्यांक रहेको र सबै ठाउँमा सरकार र प्रहरी पुग्न नसक्ने भएकाले धेरै आलोचना नगर्न मन्त्री बास्कोटाले अनुरोध गर्नुभयो ।

‘बिरालो रिसाएको छ, खाँबो चिथोर्छ’ भन्ने उखान जोड्दै मन्त्री बाँस्कोटाले केही टाँस्न नपाएर पोष्टर टाँसिएको भन्दै आलोचना व्यक्त गर्नुभयो । सरकारको लक्ष्य वनजंगल र नागरिकको रक्षा गर्नु भएको भन्दै भकुण्डेमा स्थापना भएका इट्टा उद्योग तत्काल हटाउनुपर्नेमा उहाँको जोड थियो ।

‘बस्तीको बीचमा प्रदुषण फैलाउने भट्टा राख्न मिल्दैन, तत्काल कारबाहीको प्रकृया अगाडि बढाउन स्थानीय प्रशासनलाई निर्देशन दिन्छु’, बाँस्कोटाले भन्नुभयो । 
 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया