जय ट्रफी एलिट कप : फाइनल खेलको पहिलो दिनमा पुलिसको राम्रो शुरुवात

 माघ १, २०८१ मंगलबार १६:४६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेलको पहिलो दिन नेपाल पुलिस क्लबले सुखद् शुरुवात गरेको छ । खराब मौसमका कारण खेल ढिलो शुरु भएको थियो ।

वीरगञ्जको नारायणी रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १७ ओभरमा दुई विकेट गुमाएर ८५ रन बनाएको छ । पुलिसका ओपनर कुशल भुर्तेल ५० रनमा नटआउट छन् । यस्तै अमित श्रेष्ठ २० रन बनाएर आउट भए । आर्मीका सोमपाल कामी र शहाव आलमले समान एक विकेट लिए ।

फाइनल खेल तीन दिवसीय संरचनामा हुनेछ । चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल भने दुई दिवसीय संरचनामा भएका थिए ।

प्रतियोगितामा सहभागी चार वटा टोलीले समान तीन खेल खेलेका थिए । पुलिसले खेलेको तीन खेलमध्ये दुईमा जीत हात पारेको थियो भने एउटा खेल बराबरीमा टुङ्गिएको थियो । तीन खेलमा पुलिसले ६६ अङ्क हासिल गरी शीर्ष स्थान रह्यो । आर्मी तीन खेलमा एउटामा विजयी हुँदा दुई वटा खेल बराबरीमा टुङ्गिएको थियो । ५५ अङ्कका साथ आर्मी दोस्रो स्थानमा रहेर पुलिससँग फाइनल खेलिरहेको हो । बाग्मती र मधेश प्रदेशले तीन खेलमध्ये एउटा पनि जित्न सकेनन् ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया