शाहरुख र सलमानको अभिनय रहने भन्सालीको फिल्मबाट किन निकालिइन् दीपिका?

 मंसिर १७, २०७५ सोमबार १५:६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

निर्देशक सञ्जय लीला भन्साली अभिनेता शाहरुख खान र सलमान खानका साथ फिल्म बनाउने योजना बनाइरहेका छन् ।

खबरहरुका अनुसार भन्सालीको बिग बजेटमा बन्ने उक्त फिल्म दिलीप कुमार र राजकुमारको चर्चित फिल्म ‘सौदागर’ को कहानी जस्तै हुनेछ । जसमा सलमान खान र शाहरुख खान साथीको भूमिका निर्वाह गर्नेछन् । जुन मित्रता पछि दुश्मनीमा बदलिनछ ।

सलमान र शाहरुख हुने यस फिल्ममा अभिनेत्रीको रुपमा दीपिका पादुकोण रहने बताइएको थियो । 

यस खबरले अभिनेत्री दीपिका पादुकोण पनि निकै खुशी भएकी थिइन् । तर अहिले सार्वजनिक खबरअनुसार दीपिकाको उक्त खुशी लामो समयसम्म रहन सकेन । भन्सालीको उक्त फिल्मबाट दीपिकाको नाम हटाइएको छ । फिल्म निर्माताले अब उक्त फिल्मका लागि अभिनेत्री अनुष्का शर्मालाई अफर गरेका छन् । 

यसरी दीपिकालाई फिल्मबाट हटाउनुलाई सलमान र दीपिकाबिचको सम्बधसँग जोडेर खबरहरु सार्वजनिक भएका छन । सलमान खानले यसअघि दीपिका पादुकोणलाई धेरै पटक फिल्ममा काम गर्ने अफर गर्दै आएका थिए । 

तर दीपिकाले सलमान खानको उक्त अफरलाई पटक पटक अस्वीकार गर्दै आइरहेकी थिइन् । सलमान खान स्वयम दीपिकालाई बलिउड फिल्म उद्योगमा डेब्यु गराउन चाहन्थे तर दीपिकाले डेब्यूको लागि अभिनेता शाहरुख खानको फिल्म ‘ओम शान्ति ओम’ लाई चुनिन् । 

दीपिका र कट्रीना केफबिचको मनमुटावको कुरा समेत सलमानलाई चित्त बुझेको छैन ।

यी सब कुराका कारण हो वा अन्य अरु नै कारण दीपिका पादुकोणले भने भन्सालीको फिल्ममा काम गर्ने मौका गुमाइसकेकी छिन् । अब अनुष्का शर्माले उक्त अफरलाई स्वीकार गर्लिन् वा नगर्लिन् त्याे भने केही दिनमा थाहा हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया