परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
खोटाङ, मंसिर १७– खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले साप्सु खेला र सुनकोसीको फोक्सिङटारको पुल निर्माणको काममा चरम ढिलासुस्ती गर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गर्नुभएको छ ।
सांसद भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ र साकेला गाउँपालिका–५, मात्तिम जोड्ने साप्सु खोलामा पक्की पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभी र खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटार पुलको काममा ढिलासुस्ती गर्ते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीलाई कालोसूचीमा राखेर कानूनी कारबाही गर्न माग गर्नुभएको हो ।
म्याद गुज्रेको लामो समय बित्दा समेत दुई वटा पुल निर्माणको काम अलपत्र परेकाले ठेकेदारमाथि कारबाही माग गर्नु परेको प्रतिनिधिसभा सदस्य भट्टराईले बताउनुभयो । पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर्नका लागि भट्टराईले जिल्ला प्रशासन कार्यालय खोटाङ, जिल्ला समन्वय समिति, सार्वजनिक खरिद अनुगमन कार्यालय र सडक बिभाग काठमाडौं, पुल महाशाखालाई बोधार्थ दिनुभएको छ ।
म्याद नाघेको १३ महिना बित्दा समेत साप्सु खोलाको पुल पिल्लर ठड्याउने काम समेत पूरा हुन सकेको छैन । यस्तै, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटार जोड्ने सुनकासीको ‘आर्क’ डिजाईनको मोटरेबल पक्की पुलको काममा चरम ढिलासुस्ती देखिएको भट्टराईले बताउनुभयो ।
ठेकेदारले २०७३ साल चैत्र २४ गतेसम्ममा पूरा गर्ने गरी २०६९ साल चैत्र २३ गते ठेक्का लागेको पक्की पुलको पिलर ठड्याउनका लागि फाउण्डेसनको काम समेत पूरा गर्न सकेको छैन ।
भट्टराईले मध्यपहाडी लोकमार्गमा पर्ने भुलभुले देउधामको संरक्षणका लागि भुलभुले खोलाको पुलको डिजाईन परिवर्तनका लागि पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना पूर्वी खण्ड बुद्धनगरलाई आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।