महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा तालाबन्दी

 मंसिर १७, २०७५ सोमबार १६:२२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाँके – महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा विद्यार्थीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

सोमबार क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई सहायक क्याम्पस प्रमुख श्रीनिवास अधिकारीले अपमानपूर्ण व्यवहार गरेको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

बीसीए दोश्रो सेमेष्टरका विद्यार्थीहरुलाई पढाउँदैं गरेका शिक्षक सन्तकुमार  बर्मालाई मानविकी संकायका सहायक क्याम्पस प्रमुख अधिकारीले अपमानपूर्ण व्यवहार गर्दै कक्षाकोठाबाट निकालेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

अखिलका क्याम्पस कमिटी सचिव प्रकाश बिक, नेविसंघका कार्यबहाक अध्यक्ष सीपी देवकोटा र अखिल क्रान्तिकारीका उपाध्यक्ष उपेन्द्र रावलले संयुक्त विज्ञप्ति जारी गरी अधिकारीले राजीनामा दिनुपर्ने,  बीसीएको आप्mनै कम्प्युटर ल्याब  निर्माण गर्नुपर्ने र नियमित पठनपाठनको माग गर्नुभएको छ ।

अनेरास्ववियु बाँकेका सचिव टेकेन्द्र मल्लले पटक–पटक प्राध्यापकहरुबाट विद्यार्थीमाथी यसखालका दुव्र्यवहार हुने गरेका कारण आन्दोलनमा उत्रनुपरेको बताउनुभयो ।
क्याम्पस प्रमुख र लेखा शाखामा तालाबन्दी गरेका विद्यार्थी संगठनले माग पूरा नभए आन्दोलन सशक्त पार्ने चेतावनी दिएका छन् । शिक्षक बर्माले पढाँउदै गर्दा सहायक क्याम्पस प्रमुख अधिकारीले प्रोजेक्टर नै फालिदिएपछि विद्यार्थीहरु आक्रोशित भएका थिए ।

विद्यार्थीहरुले घटनापछि अधिकारीले माफी माग्नुपर्ने भन्दै क्याम्पस प्रमुख गणेश रेग्मीको ध्यानाकर्षण गराए पनि रेग्मीले चासो नदिएपछि क्याम्पसमा तालाबन्दी गरिएको जनाएका छन् । 
 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया