कर्णालीलाई हराउँदै सुदूरपश्चिमकाे लगातार तेस्राे जीत

 माघ ४, २०८१ शुक्रबार १५:१२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले हरायो । कर्णालीले दिएको २१ रनको लक्ष्य सुदूरपश्चिमले १ विकेट पनि नगुमाई ९ बलमै भेटायो । सुदूरपश्चिमकी कविता कुँवरले १४, मनिषा बोहराले ५ रन बनाइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेट गुमाएर २० रन बनायो । कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कर्णालीकी श्रुती बुढाले सबैभन्दा धेरै नटआउट ८ रन बनाइन् । सुदूरपश्चिमकी आशिका महराले ३, कविता कुँवरले २, ऋतु कनौजियाले १ विकेट लिइन् ।

सुदूरपश्चिम ३ खेलमा ६ अङ्कसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली ३ खेलमा १ अङ्कसहित पुछारमा छ । प्रतियोगितामा अहिले समूह ‘ए’ कै गण्डकी प्रदेश र लुम्बिनी प्रदेश खेलिरहेका छन् ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया