कर्णालीमा पत्रकार स्वास्थ्य बीमा कार्यक्रम सुरु

 मंसिर १७, २०७५ सोमबार १८:४४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले पत्रकारहरुका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।

कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरुको कार्यस्थलमा हुने दुर्घटना जोखिम न्यूनिकरण र पत्रकारिता पेशामा  दिगोपना ल्याउनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेका हो । यसका लागि प्रदेश सरकारले छुट्टै कार्यविधि बनाएर कार्यक्रम सुरु गरेको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशन गरेर पत्रकार महासंघ कर्णाली प्रदेश र जिल्ला शाखा मार्फत बीमा कार्यक्रममा आवद्ध हुन अनुरोध गरिएको छ । पत्रकारले बिरामी भएमा घाइते भएमा पूर्र्णरुपमा अपाङगता भएमा र मृत्यु भएमा बीमाको सुविधा पाउने गरी पाँच लाखसम्मको स्वास्थ्य बीमा गरिएको छ ।

यस्तै पत्रकारको कुनै कारण बस मृत्यु भएमा इच्छाएको परिवारका सदस्यले पाँच लाखसम्मको बीमा सुविधा पाउने छन् । ‘पत्रकारहरुको सुरक्षाका लागि हामीले प्रदेश सरकारको तर्फबाट स्वास्थ्य विमा कार्यक्रम ल्याएका हौँ’, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले भन्नुभयो, ‘यसले पत्रकारहरुको भइपरी आउने समस्या समधानमा र सुरक्षामा सहयोग पुग्ने छ ।'

मंगलबारदेखि १५ दिनभित्र सम्पूर्ण पत्रकारहरुलाई दरखास्त दिन आग्रह गरिएको छ ।  
 

अन्तिम अपडेट: फागुन २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया