परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
खोटाङ – खोटाङ सामुदायिक विद्यालय र मोरङका निजी विद्यालयबीचमा मितेरी साइनो स्थापित गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपामा रहेको जालपा मावि र विराटनगर महानगरपालिका–३, मा रहेको मोडर्न एरा इंलिसबोर्डिङ स्कुलबीचमा सोमबार मितेरी साइनो स्थापित गरिएको हो ।
पारस्परिकरुपमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि परम्परागत तरिकाले चिनो साटेर दुई विद्यालयबीचमा मितेरी साइनो स्थापित गरिएको हो । स्थानीय पुर्खा बिक्रममणि राई र कटकबहादुर राईले परम्परागत विधिबाट बकपत्र बोलेको मितेरी कार्यक्रममा जालपा माविका प्रअ तेजबहादुर राई र मोर्डन एरा बोर्डिङ स्कुलका प्रिन्सिपल रामप्रसाद घिमिरेबीचमा चिनो साटासाट गर्दै मितेरी साइनो स्थापित गरिएको हो ।
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, पूर्व सांसद टंक राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलिङ, नगरका मेयर दिपनारायण रिजाललगायतको रोहबरमा दुई प्रअ राईले हस्तनिर्मित कठुवा÷ठेकी चिनो तथा प्रिन्सिपल घिमिरेले भलिबल चिनो साट्नु भएको छ ।
मितेरी सम्बन्धमा गाँसिएका विद्यालयलाई मन्त्री घिमिरेले एक थान ल्यापटक प्रदान गर्नुभएको छ । विद्यालयबीचमा पारस्परिक सम्बन्ध स्थापित गर्दै गुणस्तरिय शिक्षा, बालमैत्री शिक्षा, सीप आदान प्रदानका लागि मितेरी साइनो कायम गरिएको जालपा माविका प्रअ राईले बताउनुभयो ।
मितेरी कार्यक्रम लिएर जालपा पुगेका सामाजिक विकास मन्त्री घिमिरेलाई जालपा माविका प्रअ राई र ज्योती माविका व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईले शैक्षिक बिकासका लागि छुट्टा–छुट्टै लिखित माग राख्नु भएको अभिभावक एवं दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक ध्रुब श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।