मिस वर्ल्ड २०१८: मल्टिमिडिया अवार्ड नेपाललार्इ, श्रृंखला खतिवडा प्रतियाेगिताकाे फाइनलमा

 मंसिर १७, २०७५ सोमबार १८:५८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् ।

 

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।
त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।

मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यससँगै श्रृंखला  आधिकारिक रुपमा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् ।


याे घाेषणापछि मिस वर्ल्डकाे अाधिकारिक फेसबुक पेजमा नेपाल तथा श्रृंखलालार्इ विश्वभरबाट बधाइकाे अाेइराे लागेकाे छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

4 Comments

  • किशोर निरौला

    Dec. 3, 2018, 9:59 p.m.

    बधाई शृङ्खला अनि हामी नेपालीहरुलाई।

  •  0 Reply
  • Pradyumna R Shrestha

    Dec. 3, 2018, 9:11 p.m.

    Congratulations for this victory. May this achievement bring you strength in the coming times. We are really proud of you. You are truly a filial daughter of Nepal.

  •  0 Reply
  • Dinesh sah

    Dec. 3, 2018, 9:10 p.m.

    Congratulations srinkhala

  •  0 Reply
  • Dipendra NIK Joshi

    Dec. 3, 2018, 7:07 p.m.

    हार्दिक बधाई शृङ्खला खतिवडा ... हार्दिक बधाई हामी नेपालीहरूलाई पनि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया