पुनर्निर्माणका सबै काम अब स्थानीय निकायबाट : ज्ञवाली

 मंसिर १९, २०७५ बुधबार ८:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशिल ज्ञवालीले भूकम्पबाट प्रभावित नागरिकहरुको सबै काम अब स्थानीय निकायबाटै हुने बताउनु भएको छ । 

मंगलबार रामेछापको पुरानो सदरमुकाममा रहेको गौरी शंकर माविको भवन पुनर्निर्माणपछि हस्तान्तरण कार्यक्रममा पुग्नुभएका ज्ञवालीले प्राधिकरणले पुनर्निर्माणका क्रममा देखिएका सबै समस्यालाई तत्काल हल गर्दै जाने नीति अवलम्वन गरेको जानकारी दिनुभयो । 

ज्ञवालीले आगामी दुई वर्षमा पुनर्निर्माणको सबै काम सकेर मुलुकलाई नयाँ रुप दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पुनर्निर्माणसँगै विपन्न र बेरोजगारहरुका लागि जिविकोपार्जन र आय आर्जनका कार्यक्रम पनि एकैसाथ लैजाने तयारी भैरहेको पनि बताउनुभयो ।

यूएसएआईडी को आर्थिक सहयोगमा १७ महिना अघिबाट स्वच्छन्द जेभी निर्माण सेवाले यो विद्यालयको पुनर्निर्माणको काम सुरु गरेको थियो । कुल ११ करोड ३३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

विद्यालयको ८ वटा भवनमा २६ वटा कक्षा कोठा रहेका छन जसमा बैठक कक्ष, पुस्तकालय, बिज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, अत्याधुनिक शौचालय चमेना गृह को समेत छुट्टा छुट्टेै व्यवस्था गरिएको छ । 
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया