विचार मिल्ने पार्टीहरूसँग एकताको छलफल चलिरहेको छ : प्रचण्ड

 माघ २९, २०८१ मंगलबार १५:१:२५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार मिल्ने पार्टीहरूसँग एकताको छलफल चलिरहेको बताउनुभएको छ ।

सुर्खेतमा भएको पत्रकार सम्मेलनमा प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकताको विषयमा छलफल चलिरहेको बताउनुभएको हो । विचार मिल्ने पार्टीहरूबीच एकताका लागि समाजवादी मोर्चा बनाइएको र यसले नै आवश्यक छलफल गरिरहेको उहाँकाे भनाइ छ ।

प्रचण्डले अहिलेको सरकारको एकमात्र काम भ्रष्टचारीलाई संरक्षण गर्नु रहेको पनि आप लगाउनुभएको छ । यो सरकारले भ्रष्टाचारीलाई जोगाउने र सीधा सोझा नागरिकलाई थुन्ने काम गरिरहेकाले धेरै समय नटिक्ने उहाँकाे दाबी छ ।

दुई तिहाइ मतको दम्भ देखाए पनि राष्ट्रियसभामा बहुमत नपुगेर सत्तापक्षका दलहरू छटपटाइरहेका उहाँको भनाइ छ ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया