परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
तनहुँ – नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुली चोरी गर्ने २५ जनालाई कारबाही गरेको छ । अनाधिकृत रूपमा बिजुली चोरी गरी प्रयोग गर्ने बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका २५ जनालाई कारबाही गरेको हो ।
अनुगमनको क्रममा घरायसी प्रयोजन र साना उद्योगका ग्राहकले बिजुली चोरी गरी प्रयोग गरेको भेटिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनीहरूलाई विद्युत चोरी नियन्त्रण ऐन २०५८ बमोजिम कार्वाही प्रक्रिया अघि बढाएको हो ।
कारबाहीको क्रममा उनीहरूबाट ७९ हजार ४ सय २१ रूपैया असुली भएको कार्यालयले जनाएको छ ।कारबाहीमा पर्नेहरूमा १८ जनाले एमसीबी वाइपास गरी प्रयोग गरेको, १ जनाले डाइरेक्ट हुकिङ गरेको र ५ जनाले मिटर वाइपास गरेको गोशलीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।