अमेरिकामा धेरै उत्पादन प्लास्टिकका बोतलमा बेच्नुपर्ने अवस्था आउन सक्छ : कोका–कोला

 माघ ३०, २०८१ बुधबार १५:८:३८ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

बहुराष्ट्रिय कम्पनी कोकाकोलाले अमेरिकामा आफ्ना धेरै उत्पादनहरू प्लास्टिकका बोतलमा बेच्नुपर्ने अवस्था आउने बताएको छ ।

लगानीकर्ताहरूसँगको कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी जेम्स क्विन्सेले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करका कारण आल्मुनियमको डिब्बा महँगो हुँदा प्लास्टिकका बोतलको प्रयोग बढाउनुपर्ने बताउनुभएको हो ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा भित्रिने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत आयात कर लगाउने आदेश दिुभएको छ । ट्रम्पको आदेशले अमेरिकामा डिब्बामा बन्द खाना र पेय पदार्थहरूको मूल्य बढ्न सक्ने बीबीसीले जनाएको छ ।

गएको डिसेम्बरमा कम्पनीले सन् २०३० सम्ममा प्याकेजिङमा ५० प्रतिशत पुनः प्रयोगमा ल्याइएका सामग्रीहरू प्रयोग गर्ने आफ्नो लक्ष्यलाई घटाएर २०३५ सम्ममा ३५ देखि ४० प्रतिशतमा पुर्‍याउने बताएको थियो ।

वातावरणीय समूहहरूले लगातार ६ वर्षदेखि कोका–कोलालाई विश्वमा सबैभन्दा धेरै प्लास्टिक प्रदूषण गर्ने कम्पनीका रूपमा उल्लेख गरेका छन् ।

पछिल्ला वर्षहरूमा कोका–कोलाले आल्मुनियमका क्यानको प्रयाेग बढाएको छ । आल्मुनियमका क्यानहरू महँगो भए पनि पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया