शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त गरेका संसारकै धनी व्यक्ति एलन मस्कले लागत कटौती विना अमेरिका टाट पल्टिने बताउनुभएको छ ।
अर्बपति मस्कले नवनिर्मित सरकारी दक्षता विभाग (डीओजीई) को नेतृत्व गरिरहनुभएको छ । उहाँले आफ्नो अध्ययनबारे ट्रम्पलाई जानकारी गराउँदै बजेट कटौती विना अमेरिका टाट पल्टिने बताउनुभएको एएफपीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले पछिल्ला हप्ताहरूमा सङ्घीय खर्च घटाउने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो । मस्कले गएको आर्थिक वर्ष १.८ ट्रिलियन डलरभन्दा माथि पुगेको देशको घाटा बजेटलाई औँल्याउँदै सार्वजनिक ऋणमा उच्च ब्याज भुक्तानीको लक्ष्य अघि सार्नुभएको छ ।
यसैबीच ट्रम्पको एक कार्यकारी आदेशमा सङ्घीय कार्यबल घटाउने योजनाको विवरण समावेश गरिएको छ । योजनाले एजेन्सीहरूलाई प्रत्येक चारको सट्टा एक जना कर्मचारी नियुक्त गर्न निर्देशन दिएको छ । आदेशमा प्रत्येक एजेन्सीका प्रमुखले रिक्त पदहरू भर्ने निर्णय गर्दा डीओजीईसँग अनिवार्य परामर्श गर्नु आवश्यक हुनेछ ।
अमेरिकीहरूले रिपब्लिकन नेता ट्रम्पले निर्वाचन अभियानका क्रममा उठाएका मुद्दा अर्थात् ‘प्रमुख सरकारी सुधार’ को पक्षमा मतदान गरेका र सरकारले यसैलाई पछ्याउने मस्कको भनाइ छ ।
स्पेसएक्स र टेस्लाका प्रमुखसमेत रहेका मस्कले सम्भावित स्वार्थको द्वन्द्वबारे सोधिएको प्रश्नमा आफू सकेसम्म पारदर्शी हुन चाहेको बताउनुभएको छ । अमेरिकामा मस्कको कम्पनीहरूले अमेरिकी सरकारबाट व्यापक लाभ लिइरहेको भनी खासगरी विपक्षी डेमोक्रेट्सहरूबाट आलोचना हुन थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।