बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
संयुक्त राष्ट्रसङ्घले शेख हसिनाको शासनकालमा सरकार विरोधी प्रदर्शनका क्रममा बङ्गलादेशमा झन्डै एक हजार चार सय जनाको ज्यान गएको जनाएको छ ।
गएको जुलाई १ देखि अगस्ट १५ सम्म ४५ दिनको अवधिमा झन्डै एक हजार चार सय जना मारिएका राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले अनुमान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो सङ्ख्या बङ्गलादेशको अन्तरिम सरकारले गरेको अनुमानभन्दा धेरै हो । अन्तरिम सरकारले हसिना विरोधी प्रदर्शनका क्रममा आठ सय ३४ जनाको ज्यान गएको बताएको छ ।
हसिना शासनकालमा मानवताविरुद्धको अपराध, हत्या, यातना, कैद र अन्य अमानवीय कार्यहरू भएका छन् भन्ने विश्वास गर्ने उचित आधार रहेको राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले बताएको छ ।
सरकारले अवामी लिग र बङ्गलादेशी सुरक्षा बलका सदस्यहरूसँग मिलेर सत्तामा रहन आन्दोलनकारी र सर्वसाधारणमाथि व्यापक आक्रमण गरेको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ ।
गएको अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई अपदस्थ गरी सरकार ढालेको थियो । हसिना अहिले छिमेकी देश भारतमा बस्दै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।