अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा झन्डै १० हजार सङ्घीय कर्मचारी बर्खास्त

 फागुन ३, २०८१ शनिबार १५:९:२८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै १० हजार जना सङ्घीय कर्मचारीलाई बर्खास्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवा लगायतका विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बर्खास्तीमा पर्नेहरूमा धेरैजसो परीक्षणकालमा रहेका कर्मचारीहरू रहेका छन् । बोस्टनको अदालतले कर्मचारीलाई निष्कासन गर्ने बाटो खुला गरिदिएपछि ट्रम्पले एकैपटक ठूलो सङ्ख्यामा कर्मचारी कटौती गर्नुभएको हो ।

ट्रम्प प्रशासनले यसअघि स्वेच्छिक राजीनामा गर्न सङ्घीय कर्मचारीहरूलाई इमेल पठाएको थियो । स्वेच्छिक राजीनामा गर्दा आउँदो सेप्टेम्बर महिनासम्म काम नगरी तलब दिइने आश्वासन पनि दिइएको थियो । इमेल पाएकामध्ये ७५ हजार जना कर्मचारीले राजीनामाको प्रस्ताव स्वीकार गर्दै इमेलको जवाफ फर्काएका थिए ।

यसैबीच बर्खास्तीमा परेका कर्मचारीहरूले आफूहरू राज्यको धोखाधडीमा परेको गुनासो गरेका रोयटर्सले जनाएको छ । ट्रम्पले कर्मचारीको सङ्ख्या घटाएर खर्च कटौती गर्ने जिम्मेवारी सरकारी दक्षता विभाग (डीओजीई) का प्रमुख एलन मस्कलाई दिनुभएको छ ।

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया