इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडाैं - मंगलबार सिनेमा छक्का पञ्जा ३ ले प्रदर्शनको ५१ दिन पूरा गरेको अवसरमा सक्सेस पार्टीको आयोजना गरिएको थियो ।
यस कार्यक्रममा कलाकार र मिडियाको बाक्लो उपस्थिति रह्यो । कार्यक्रममा छक्का पञ्जा युनिटले प्राविधिकलाई बोनस वितरण गरेको थियो भने कलाकारहरुलाई मायाको चिनो दिएकाे थियाे ।
कार्यक्रममा बोल्दै सिनेमाकी निर्देशक दीपाश्री निरौलाले आफूलाई दर्शकहरुले नै ह्याट्रिक गर्ने निर्देशक बनाइदिएको उल्लेख गरिन् ।
साथै उनले यो टिममा जस्तै तपाईंंले बाहिरी ब्यानरमा काम गरेर यस्तै सफल सिनेमा दिन सक्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै राम्रो स्क्रिप्ट र टिमले प्रस्ताव राखेको खण्डमा आफू बाहिरी ब्यानरका सिनेमा निर्देशन गर्न पनि तयार भएको बताइन् ।
दीपाले कुनै पनि काम सफल हुनमा टिम एकदमै राम्रो हुनुपर्ने भन्दै आफ्नो हातको पाँच वटा औँला देखाउँदै एउटा औँलाले मात्रै केही पनि गर्न नसकिने बताइन् ।
उनले नपाली सिनेमाहरु निर्माण गर्दागर्दै आर्थिक अभाव भएर निर्माण कार्य बीचमै रोकिने गरेको कुरा धेरै सुनिने गरेको भन्दै त्यसो हुनुभन्दा आफ्नै घरको सिनेमामा काम गर्न राम्रो हुने पनि उल्लेख गरिन् ।
आफूलाई घरबाटै राम्रो सिनेमा बनाउले अवसर मिलिरहेको बेला बाहिर किन जानु भन्दै पहिले घरकै सिनेमा निर्देशन गर्ने र छिमेकीको सिनेमामा हात नहाल्ने बताइन् ।
कुराकानीमा दीपाले छक्का पञ्जा ३ ले सय दिन भने नमनाउने पनि उल्लेख गरेकी छिन् । सिनेमाले ५१ दिन मनाउनु नै ठूलो कुरा भएको भन्दै सिनेमाको सफलतामा दीपा खुशी देखिइन् ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।