अस्ट्रेलियाको तस्मानिया टापुको तटमा एक सय ५० भन्दा धेरै ह्वेल माछा फसे

 फागुन ७, २०८१ बुधबार १२:३९:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अस्ट्रेलियाको तस्मानिया टापुको तटमा एक सय ५० भन्दा धेरै ह्वेल माछा फसेका छन् । त्यहाँका स्थानीय अधिकारीहरूका अनुसार एक सय ५७ ह्वेल माछा टापुको पश्चिमी तटमा रहेको आर्थर नदीको शहर नजिकै फसेका छन् ।

तीमध्ये कम्तीमा ९० वटा अझै जीवित रहेका हुनसक्ने राज्यको समुद्री संरक्षण कार्यक्रमले जनाएको छ । यसबारे थप अनुसन्धान र मूल्याङ्कन भइरहेको विज्ञ टोलीले बताएका सीएनएनको खबरमा उल्लेख छ ।

तस्मानियाको प्राकृतिक संशाधन र वातावरण विभागका अनुसार समुद्री संरक्षण कार्यक्रमअन्तर्गत तस्मानिया पार्क र वन्यजन्तु सेवासँग सम्बन्धित घटनाबारे अनुसन्धान भइरहेकाले नागरिकलाई सम्बन्धित जनावरहरू नजिक नजान आग्रह गरिएको छ ।

दुर्गम क्षेत्रमा ह्वेल माछा फस्नु जटिल अवस्था रहेको भन्दै अनुसन्धानकर्ताले नागरिकको सहायता आवश्यक परेमा खबर गरिने बताएका छन् । ह्वेलहरू संरक्षित प्रजाति भएका पशु व्यवहारविद् र सामुद्रिक वैज्ञानिकले बताएका छन् ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया