सामाजिक सञ्जालमार्फत ट्रम्पलाई बालेनको जवाफ–‘अमेरिका अल्छीहरुक...
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ – देशभरका चिकित्सकले आजदेखि आन्दोलन शुरू गर्ने भएका छन् । नेपाल चिकित्सक सङ्घको आह्वानमा आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले कालोपट्टी बाँधेर आन्दोलन शुरू गर्न लागेका हुन् ।
सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरू आजदेखि आ–आफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घण्टा धर्ना बस्ने भएका हुन् । आज र भोलि देशभरका स्वास्थ्य संस्थामा यो आन्दोलका कार्यक्रम हुने सङ्घले जनाएको छ ।
सङ्घले स्वास्थ्य सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको थप दरबन्दी अविलम्ब सिर्जना गरी यथाशीघ्र विज्ञापन गरिनुपर्ने, अस्पताल विकास समितिअन्तर्गत कार्यरत सम्पूर्ण चिकित्सकहरूलाई स्थायी नियुक्ति प्रदान गरिनुपर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको नियुक्ति तथा तलब भत्तामा एकरूपता कायम गरी जोखिम भत्तालगायत थप भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेको छ ।
सरकारले माग सम्बोधन नगरेमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरी थप आन्दोलनका कार्यक्रम तय गर्ने सङ्घको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।