टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस मनाइयाे (तस्वीरहरू)

 फागुन ७, २०८१ बुधबार १३:३३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे टुँडिखेलमा रहेकाे सैनिक मञ्चमा विशेष कार्यक्रमकाे आयाेजना गरी ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । नागरिक रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनका रूपमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूलगायतकाे उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाले प्रजातन्त्र दिवस २०८१ ब्यानर अङ्कित हेलिकप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानमा शान्तिको प्रतिकका रूपमा परेवा उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले मार्च पाससमेत गरेका थिए । राष्ट्रप्रेमले भरिएको राष्ट्रिय धुन पनि प्रस्तुत गरिएको थियो ।

तस्वीर : प्रधानमन्त्रीकाे सचिवालय

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया