दूधकोशी जलविद्युत् आयोजनाका प्रमुखलाई हटाउन ऊर्जा मन्त्रालयको दबाव

 फागुन ११, २०८१ आइतबार १५:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङलाई जिम्मेवारीबाट हटाउन दबाव दिएको छ ।

मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै गुरुङलाई हटाउन दबाव दिएको पत्र बाहिरिएको हो । मन्त्रालयका शाखा अधिकृत यज्ञप्रसाद सुवेदीले फागुन ८ गते प्राधिकरणलाई लेख्नुभएको पत्रमा गुरुङले मन्त्रालय र मन्त्रीका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गरेको आरोप छ ।

पत्रमा यसअघि नै निर्देशन भएकोमा अझै नहटाएकोले फेरि पत्र पठाएको पनि उल्लेख छ । पत्रमा फागुन ८ गतेको सचिवस्तरको निर्णयानुसार गुरुङलाई हटाउन भनिएको छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया