पुरुषको अस्थिपञ्जर भेटियो

 मंसिर १९, २०७५ बुधबार १९:५१:४ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२, अँधेरीखोलामा एक पुरुषको अस्थिपञ्जर फेला परेको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर–३, आँबुकोटका ४४ वर्षका गोरे भनेर चिनिने तेजबहादुर थापाको अस्थिपञ्जर फेला परेको प्रहरीले जनाएको छ ।

गएको कात्तिक १२ गतेदेखि बेपत्ता भएका थापाको कपडाको आधारमा शव पहिचान गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सन्तोष रोक्काले जानकारी दिनुभयो । आसपासको क्षेत्रमा दुर्गन्ध फैलिएको आधारमा अस्थिपञ्जर फेला परेको हो ।

थापाको भीरबाट खसेर मृत्यु भएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया