म्याक्सवेल र फिन्चले आईपीएल नखेल्ने

 मंसिर १९, २०७५ बुधबार २०:११:२० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेल र एरोन फिन्चले इण्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने भएका छन् ।

सन् २०१९ को आधा समय घरेलु प्रतियोगिता, इंग्ल्याण्डमा आयोजना हुने विश्वकप र त्यसपछि एसेज श्रृङ्खलामा ब्यस्त हुने भएकाले आईपीएल अक्सनमा नाम नै दर्ता नगराउने निर्णय गरेका हुन् ।

म्याक्सवेल र फिन्चलाई यसअघि नै क्लबले रिलिज गरिसकेका छन् । म्याक्सवेल यसअघि दिल्ली डेरडेविल्स (परिवर्तित नामः दिल्ली क्यापिटल्स)मा आबद्ध थिए भने फिन्च किंग्स् इलाभेन पञ्जाबमा थिए ।

सन् २०१८ मा उदय भएका नयाँ अलराउण्डर इंग्ल्याण्डका साम कुरान समूह नौ मा छन् । यो समूहमा श्रीलंकाली बलर लसिथ मालिंगा पनि छन् । अक्सन पुलमा दुई करोड भारतीय रुपैयाँको न्यूनतम मूल्यमा ब्रेण्डन म्याक्कलम, डार्सी सर्ट र कोरी एण्डरसन छन् । 

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले प्रतियोगिता आयोजनास्थलको अझै टुंगो लगाएको छैन । आईपीएललाई भारतसँगै दक्षिण अफ्रिकामा पनि आयोजना गर्ने सोच बनाएका कारण अक्सन ढिला हुने भएको हो । 

विश्वकप सुरु हुनु दुई साताअघि मात्र प्रतियोगिता सकिने भएकाले विदेशी खेलाडीको उपलब्धता यो संस्करणको चिन्ताको विषय बनेको छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया