राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – आज,भोलि र पर्सि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुने भएको छ ।
पश्चिमी वायु सक्रिय भएकाले आज बेलुकीदेखि पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले पश्चिमी वायु तथा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसोपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी भोलि काठमाण्डौ उपत्यकासहित मधेश प्रदेश बाहेक सबै प्रदशमा पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज बेलुकादेखि भोलिसम्म धेरै पानी पर्ने सम्भावना छ ।
पर्सि पनि मधेश प्रदेश बाहेक अरु प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने अनुमान छ । तर पर्सि शनिवार आज र भोलिभन्दा कम वर्षा हुने मौसमविद् लामिछानेले बताउनुभयो ।
मधेश र लुम्बिनी बाहेकका प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भोलि र पर्सि हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
पर्सि बेलुकादेखि धेरै ठाउँको मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ । हिउँद यामको अन्तिम दिन आजदेखि हिउँदे वर्षा हुन लागेको हो । हिउँदमा सरदर ६० प्रतिशत पानी पर्ने भए पनि यो वर्ष अहिलेसम्म झण्डै १० प्रतिशत मात्र वर्षा भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।