समूह चरणबाटै बाहिरिइसकेका पाकिस्तान र बङ्गलादेश सान्त्वना जीतकाे खाेजीमा

 फागुन १५, २०८१ बिहीबार १३:५०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह चरणबाटै बाहिरिइसकेका पाकिस्तान र बङ्गलादेश खेल्दैछन् । समूह 'ए' काे याे खेल रावलपिन्डीमा पाैने ३ बजे शुरू हुनेछ ।

याे खेलमा पाकिस्तान र बङ्गलादेश सान्त्वना जीतकाे खाेजीमा हुनेछन् । दुवै टाेलीले यसअघिका दुई खेल हारेका छन् । सन् २०१७ मा उपाधि विजेता पाकिस्तान यसपालि समूह चरणबाटै बाहिरिएकाे हाे । याे समूहबाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् ।

आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तान र बङ्गलादेशबीच पहिलाे पटक भेट हुन लागेकाे हाे । यस्तै पाकिस्तान र बङ्गलादेशबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ३९ पटक भेट भएकाेमा पाकिस्तानले ३४ र बङ्गलादेशले ५ खेल जितेकाे छ ।

च्याम्पियन्स ट्रफीकाे समूह 'बी' मा इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिँदा दक्षिण अफ्रिका, अस्ट्रेलिया र अफगानिस्तान अन्तिम चारमा पुग्ने सम्भावना कायमै छ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया