गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘ए’ को पाकिस्तान र बङ्गलादेशबीचको खेल टस पनि नभई रद्द भएको छ ।
रावलपिन्डीमा वर्षाका कारण यो खेल रद्द भएको हो । योसँगै पाकिस्तान र बङ्गलादेशले १/१ अङ्क बाँडेका छन् । रावलपिन्डीमा यसअघि गएको मङ्गलवार वर्षाका कारण समूह ‘बी’ को अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल पनि रद्द भएको थियो ।
नेट रन रेटका आधारमा बङ्गलादेशले तालिकाको तेस्रो स्थानमा र पाकिस्तानले पुछारमा रहेर प्रतियोगिता सकाएको छ । बङ्गलादेश र पाकिस्तानले यसअघिका दुइटै खेल हारेका थिए । सन् २०१७ मा उपाधि विजेता पाकिस्तान यसपालि समूह चरणबाटै बाहिरिएकाे हाे । यो समूहबाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् ।
च्याम्पियन्स ट्रफीको समूह ‘बी’ मा इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिँदा दक्षिण अफ्रिका, अस्ट्रेलिया र अफगानिस्तान अन्तिम चारमा पुग्ने सम्भावना कायमै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।