परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
मोरङ – विराटनगर महानगरपालिका वडा नम्बर १ का वडाध्यक्षलाई धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । गैर नागरिकलाई नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्ष उद्धव अर्यालविरुद्ध मुद्धा दायर गरिएको थियो ।
मोरङ जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलाशले अर्याललाई १२ हजार धरौटीमा छाड्न आदेश दिएको हो । झुठो विवरण दिएको आरोपमा वडा अध्यक्ष अर्यालसहित वडा सदस्य रमेश साह र वडा सचिव पुष्पा तिम्सिनासहित १६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।
नक्कली बाबु बनी भारतीयलाई नागरिकता बनाई दिने विराटनगर –१ घर भई हाल कटहरी गाउँपालिका बस्दै आएका सतयनारायण मण्डल भने पूर्पक्षको लागि यस अघि नै जेल गइसकेका छन् ।
प्रहरीको खोजीमा रहेका वडा अध्यक्ष अर्याल सुटुक्क आफू निकटका कानुन व्यवसायीलाई लिएर अदालतमा उपस्थित भएका थिए । वडा अध्यक्ष अदालतमा उपस्थिति भएकै दिन जिल्ला अदालतले बयान लिएर आदेश दिएको हो ।
वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्य पाठक, सहायक जिल्ला न्यायाधिवक्ता रोहित पोखरेलले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट कानुन व्यवसायीहरु रुपेश कोइराला, कल्याण केसी, ज्ञानेन्द्र थापाले बहस गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।