परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
बाँके – नेपालगञ्ज शिक्षण अस्पताल अगाडि रहेका दुईवटा मेडिकलमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट करिब एक करोड रुपैयाँ मूल्य बराबरको औषधि जलेर नष्ट भएको संचालकहरुले जनाएका छन् ।
सफा मेडिकल र माया मार्फेसीमा राति एक्कासी विद्यतु सर्ट भई आगलागी हुुँदा औषधि जलेर नष्ट भएको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इञ्चार्ज प्रहरी निरीक्षक नारायण डाङ्गीले जानकारी दिनुभयो ।
आगलागीको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोली र स्थानीयले दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक डाङ्गीले बताउनुभयो । शिक्षण अस्पतालको अगाडि लागेको आगो तत्कालै नियन्त्रणमा लिइएका कारण ठूलो दुर्घटनाको जोखिमबाट बच्न सकेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।