पूँजीबजार सुधारियो, जीवन बीमा समूहको उप–सूचक ४४ अंकले बढ्यो

 मंसिर २०, २०७५ बिहीबार १५:५९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार पूँजीबजार सुधारिएको छ । हिजो झण्डै २३ अंकले गिरावट आएकोमा आज झण्डै ३ अंकले सुधारिएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

आज नेप्से परिसूचक २ दशमलब ७ अंकले बढेर ११ सय २० दशमलब ८४ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलब ५४ अंकले बढेको छ । 

सबैभन्दा धेरै सुधार जीवन बीमा समूहको

पूँजीबजारमा बुधबारको तुलनामा आज जीवन बीमा समूह सुधारिएको छ । यो समूहको उप–सूचक ५५ दशमलब ०७ अंकले बढेको छ । योसँगै निर्जीवन बीमा समूहको उप–सूचक ३५ दशमलब ५९ अंकले बढेको छ । यी दुई समूहका कम्पनीको कारोबार हिजो अत्याधिक घटेसँगै उप–सूचक धेरै तल झरेको थियो ।

हिजो निर्जीवन बीमा समूहको उप–सूचक १ सय ८५ र जीवन बीमा समूहको उप–सूचक ९६ अंकले घटेको थियो । आजको कारोबारमा जलविद्युत र उत्पादनमूलक क्षेत्रको उप–सूचकबाहेक सबै समूहमा सुधार भएका छन् । यी दुई समूहको उप–सूचक पनि १ अंकभन्दा तलले नै घटेको हो ।   

कारोबार रकम २० लाख रुपैयाँ बढ्यो

पूँजीबजारमा आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज हिजोको तुलनामा कारोबार रकम २० लाख रुपैयाँ बढेको हो ।  हिजो ३७ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज बढेर ३७ करोड ९७ लाख रुपैयाँ बराबरका १३ लाख ७४ हजार कित्ता शेयर किनबेच भएका नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । दिनभर १ सय ६२ कम्पनीको शेयर कारोबार भएको थियो ।

कसले कमाए, कसले गुमाए ?

बिहीबारको कारोबारमा नेप्से परिसूचक र कारोबार रकम बढेसँगै आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ७ दशमलब ३० प्रतिशत कमाएका छन् । अपि पावर कम्पनी लिमिटेडका लगानीकर्ताले पनि ५ दशमलब ६७ प्रतिशत कमाउन सफल भएका छन् ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीर्ताले भने ७ दशमलब ४२ प्रतिशतले गुमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले पनि ५ दशमलब ६ प्रतिशत गुमाउन पुगेका छन् ।
 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया