मृत सागरको आकृति बनाई विश्व कीर्तिमानको प्रयास

 मंसिर २०, २०७५ बिहीबार १९:३४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – स्टेम फाउन्डेशन नेपाल र वातावरण विभागको सहकारिता तथा जगदम्बा स्टिल्स्को सहयोगमा आयोजित कार्यक्रममार्फत प्रयोग भइसकेका प्लास्टिकका झोलाबाट मृत सागरको आकृति बनाई विश्व कीर्तिमान राख्ने प्रयास सफल भएको छ । 

कार्यक्रमका लागि सह–आयोजक जगदम्बा स्ट्ल्सिले आकृति निर्माणको जिम्मेवारी निर्वाह गरेको थियो, साथै वन्यजन्तु कोषले प्राविधिक सहयोग प्रदान गरेको थियो । कार्यक्रममा विभिन्न संघ संस्था तथा विद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा ८७ हजार २३२ थान प्लास्टिकको झोला आकृतिमा बाँधिएको हो । वातावरणमा प्लास्टिकले पारेको असरलाई साङ्केतिक रुपमा सिंगापुरले ६८ हजार प्लास्टिकले अक्टोपसको आकृति निर्माण गरिएको रेकर्ड प्राप्त भएको छ । 

कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री मोहम्मद इस्तिहाक राईले यस कार्यक्रमको सफलतासँगै प्लास्टिकले वातावरणमा परेको असर न्यूनीकरणमा नेपाल सरकार जिम्मेवार रहेको बताउनुभयो । उहाँले युवा पुस्ताको यस अभियानलाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

हजाराैँ नागरिकको उपस्थितिमा कार्यक्रम सम्पन्न हुनाले वातावरणप्रतिको संवेदनशीलता बढ्दै गएको छ । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्रविधि प्रमुख डा. रविन्द्र ढकालले प्लास्टिकबाट डिजेल बनाउने प्रविधि ल्याएसँगै प्लास्टिकमा न्यूनीकरण भएको र  प्लास्टिकको पुनः प्रयोगमा सबैलाई जोड दिन आग्रह गर्नुभयो । 

आयोजकका तर्फबाट बोल्दै स्टेम फाउण्डेशनका अध्यक्ष सर्जन बीसीले पर्यावरण र प्रकृतिमा प्लास्टिकको अनावश्यक र अव्यवस्थित प्रयोगले पारेको नकारात्मक असरबारे विश्वको ध्यानाकर्षण गर्दै नेपालीहरुमा सचेतना ल्याउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

विश्व कीर्तिमानको लागि पहिला दाखिला भएको रेकर्ड भन्दा १९ हजार २३२ थान प्लास्टिकका झोला बढी बाँधिएको हो । कार्यक्रममा वातावरणविद् प्रा. डा. दिनेश भुजु, विश्व वन्यजन्तु कोषका उप–निर्देशक राजेन्द्र सुवाललगायतका वक्ताहरुले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बाग्मती अभियन्ता डा. राजु अधिकारी र युवा अभियन्ता केंपी खनाललगायतले वातावरणप्रति  जिम्मेवार बन्न आग्रह गर्नुभएको थियो । जगदम्बा स्टिल्सले संस्थागत सामाजिक दायित्व बहन गर्दै मृत सागरको आकृति निर्माण गरिदिएको हो । 

विश्व वन्यजन्तु कोषले वन, वातावरण र पर्यावरणका क्षेत्रमा यससगैँ विभिन्न कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ । स्टेम फाउण्डेशन नेपालले आवश्यक प्रक्रिया पूरा गरी विश्व कीर्तिमानीका लागि प्रमाण पेस गर्ने जनाइएको छ । 


 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया