जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
बलिउड अभिनेत्री अनुष्का शर्मा फिल्म ‘जीरो’ मार्फत अभिनेता शाहरुख खानका साथ दर्शकमाझ आइरहेकी छिन् । केही दिन अघिसम्म बलिउडमा अनुष्का गर्भवती भएको खबरहरु चर्चामा आएका थिए । अहिले फिल्मको प्रमोशनमा लागेकी अभिनेत्री अनुष्काले यसबारेमा मुख खोलेकी छिन् ।
फिल्म ‘जीरो’ को प्रमोशनको एक कार्यक्रममा पत्रकार तथा मिडियाहरुबीच अनुष्का शर्माले आफू गर्भवती नभएको बताएकी छिन् ।
उनले आफू गर्भवती भएको भन्दै आएका खबरहरुका बारेमा भनिन्, ‘मलाई थाहा छैन यस्ता खबरहरु कहाँबाट आउने गर्छन् । जुन एकदमै बेकारको कुरा हो । तपाईँ विवाहको कुरा त लुकाउन सक्नुहोला तर गर्भवती भएको खबर लुकाउन सक्नुहुन्न ।’
अनुष्काले अगाडि भनिन्, ‘यस किसिमका खबरहरु अभिनेत्रीहरुले कैयौं पटक सामना गर्नुपर्ने हुन्छ । तर मेरा लागि यस किसिमका खबरले कुनै महत्व राख्दैन । यहाँ त मानिसहरु विवाहअघि नै विवाहित भनिदिन्छन् । अनि गर्भवती हुनु अघि नै आमा बनाइदिन्छन । मलाई यस कुराले केही फरक पार्दैन बरु यस्ता खबर सुनेर हाँसो लाग्छ ।’
अनुष्का शर्माले फिल्म ‘जीरो’ पछि कुनै पनि फिल्म साइन नगरेपछि उनी गर्भवती भएकाले केही फिल्म नगरेको भन्दै अफवाह फैलिएको थियो । तर स्वयं अनुष्काले नै यस विषयमा जवाफ दिएर गर्भवती नरहेको बताइसकेकी छिन् ।
अनुष्का शर्मा फिल्म ‘जिरो’ मा एक अपाङ्ग यूवतीको भूमिकामा देखिने छिन् भने अभिनेता शाहरुख खान पुड्का व्यक्तिको भूमिकामा छन् ।
चलचित्रमा अनुष्का शर्मा, शाहरुख खानका साथै अभिनेत्री कट्रिना केफ पनि मुख्य भूमिकामा छिन् । आनन्द एल रायको निर्देशनमा बनेको फिल्म ‘जीरो’ यही डिसेम्बर २१ मा रिलिज हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।