हमाससँगको युद्धविराम वार्ता चलिरहेका बेला गाजामा इजरायली हव...
चैत ३, २०८१ आइतबार
अमेरिकाको दक्षिणी राज्यमा अचानक आएको आँधीबेहरीमा परी ज्यान गुमाउनेको सङ्ख्या ३४ जना पुगेको छ । ज्यान गुमाउनेमध्ये मिसौरी क्षेत्रमा १२ जना, कन्सासमा आठ, मिसिसिपीमा छ, अर्कन्सासमा तीन जना र अरू पाँच जना रहेका छन् ।
आँधीले धेरै घरहरूमा क्षति गरेको र गाडी पल्टाएको छ भने दुर्घटना पनि भएका छन् । मिशिगन, मिसौरी र इलिनोइससहित सात राज्यमा दुई लाख ५० हजार जना भन्दा धेरै बिजुलीविहीन भएका थिए ।
अहिले पनि १४ हजार घरपरिवार विद्युतविहीन रहेको बीबीसीले जनाएको छ । मध्य मिसिसिपी, पूर्वी लुसियाना, पश्चिमी जर्जिया, फ्लोरिडालगायतका क्षेत्रमा मौसमको अवस्था खराब नै रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।